चुरापोते तथा गुडिया बनाउने तालिम सम्पन्न ।
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ३ मा महिलाहरुका लागि एक हप्ते चुरापोते तथा गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले अब महिलाहरुलाई माग्ने होईन दिने बनाउनु पर्ने बताउनु भयो । यस्ता तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई उपप्रमुख तिवारीको भनाई थियो । वालिङ नगरका सबै महिलाहरुलाई आय सग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम नगरपालिकाले प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।
उत्पादनमा जोड दिदै पर्यटकीय गन्तव्य बनाउन माझकोटवासी लाग्न उहाँले आग्रह गर्नुभयो । यसमा नगरपालिका साथमा रहेको तिवारीको भनाई छ ।
वडा अध्यक्ष सुकबहादुर गुरुङले व्यवहारिक सीपले आर्थिक उपार्जन सहज हुने बताउनु भयो ।
कार्यक्रममा वालिङ ३ का वडा सदस्य नरमाया गुरुङ, प्रशिक्षक तथा वडा नम्बर ९ का वडा सदस्य सपना बिक, सहभागी सोमला गुरुङ लगायतले तालिमले महिलाहरुलाई आगामी दिनमा आत्मनिर्भर बनाउने प्रतिवद्ता व्यक्त गरे ।
एक हप्ता सम्म चलेको सिपमुलक तालिममा ४० जना महिलाहरुको सहभागी रहेको वडा सचिव लालचन्द्र पौडेलले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


