चुरापोते तथा गुडिया बनाउने तालिम सम्पन्न ।

वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ३ मा महिलाहरुका लागि एक हप्ते चुरापोते तथा गुडिया बनाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले अब महिलाहरुलाई माग्ने होईन दिने बनाउनु पर्ने बताउनु भयो । यस्ता तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई उपप्रमुख तिवारीको भनाई थियो । वालिङ नगरका सबै महिलाहरुलाई आय सग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम नगरपालिकाले प्रदान गर्दै आएको उहाँले बताउनु भयो ।
उत्पादनमा जोड दिदै पर्यटकीय गन्तव्य बनाउन माझकोटवासी लाग्न उहाँले आग्रह गर्नुभयो । यसमा नगरपालिका साथमा रहेको तिवारीको भनाई छ ।
वडा अध्यक्ष सुकबहादुर गुरुङले व्यवहारिक सीपले आर्थिक उपार्जन सहज हुने बताउनु भयो ।
कार्यक्रममा वालिङ ३ का वडा सदस्य नरमाया गुरुङ, प्रशिक्षक तथा वडा नम्बर ९ का वडा सदस्य सपना बिक, सहभागी सोमला गुरुङ लगायतले तालिमले महिलाहरुलाई आगामी दिनमा आत्मनिर्भर बनाउने प्रतिवद्ता व्यक्त गरे ।
एक हप्ता सम्म चलेको सिपमुलक तालिममा ४० जना महिलाहरुको सहभागी रहेको वडा सचिव लालचन्द्र पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP