उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गर्दै आयोग ।

election local

काठमाण्डौ:
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज शनिबार निर्वाचन चिन्ह प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै दलको चिन्ह पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिन्ह प्रदान गर्नेछ ।

यसअघि शुक्रबार आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उनीहरूलाई नै शनिबार निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो ।उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा मतदान हुनेछ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP