घोषणापत्रमा सुझाव लिन कांग्रेसले सुरु गर्यो टोल फ्री सेवा, सामाजिक सञ्जालबाट पनि सुझाव लिने ।
काठमाण्डौ:
सत्तारूढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेट्नुपर्ने विषयबारे नेता, कार्यकर्ता र सर्वसाधारणसँग सुझाव संकलनका लागि टोल फ्री सेवा सञ्चालनमा ल्याएको छ । समितिले घोषणापत्रमा सर्वसाधारणका सुझावसमेत समेट्ने गरी टोल फ्री सेवा, मोबाइल र सामाजिक सन्जाल खुला गरेको हो ।
सभापति शेरबहादुर देउवाले घोषणापत्र निर्माण समितिको संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनित गरेका थिए । थापाले समितिलाई विस्तार गर्दै अहिले घोषणापत्रमा समेट्नुपर्ने विषयहरुबारे समूहगत रुपमा छलफल गरिरहेका छन् ।
सर्वसाधारण र मतदातासमेतको सुझाव संकलन गर्ने गरी टोल फ्री सेवा र सामाजिक सन्जालबाट समेत सुझाव संकलन गर्न लागिएको समितिका सदस्य किरण गिरीले जानकारी दिए । उनका अनुसार घोषणापत्र लेखन समितिले जनताका सुझाव संकलनका लागि टोल फ्री नम्बर र मोबाइल नम्बर सञ्चालनमा ल्याएको हो ।
समितिले १६६००११५८८८ र मोबाइल नम्बर ९८५१३४२५५५ नम्बरमा सम्पर्क गरेर घोषणापत्रका लागि सुझाव दिन सबैलाई अनुरोध गरेको छ । भाइबर नम्बर र ह्वाट्स एप तथा सामाजिक सञ्जाल फेसबुक पेज (Nepali Congress Election Manifesto) तथा वालको माध्यमबाट सुझाव दिन सकिनेछ, गिरीले भने, यी माध्यमहरूबाट कांग्रेसको सातवटा प्रदेश समिति, ७५३ पालिका कार्यसमिति, नेपाली कांग्रेस पार्टी, विभिन्न जनसमुदाय र आम मतदाता समेतबाट लिखित तथा मौखिक सुझाव लिने र ती सुझावलाई घोषणापत्रमा समेट्ने काम प्रारम्भ भएको छ ।
सभापति देउवाले घोषणापत्रबारे छलफल गर्न ३० चैतमा केन्द्रीय समितिको बैठक बोलाएका छन् भने पार्टीको घोषणापत्र वैशाख ११ गते सार्वजनिक गर्ने गरी तयारी अघि बढाइएको समितिले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


