एमालेबाट निर्वाचित मेयरसहित २९ जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश ।
काठमाण्डौ:
एमालेबाट निर्वाचित कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित २९ जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी बेदकोट नगरको भेला तथा पार्टी समायोजन कार्यक्रममा मेयर चन्दसहितका ५ वडाध्यक्ष ५ कार्यपालिका सदस्य र वडा सदस्य सहितका जनप्रतिनिधिले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एमालेबाट निर्वाचित ३ का वडाध्यक्ष तिलक ठकुल्ला, ४ का भाष्कर दत्त भट्ट, ७ का वीरबहादुर डगौरा, ८ का दुर्गासिह भण्डारी, १० का केशव रावल, कार्यपालिका सदस्य चेतराम कामी, तारा रैकाल, दलबिर टमाटा, पिंकी दमाई, निर्मला विष्ट(चौधरी), माया बोहरा(महरां), वडा सदस्यहरू अम्बाबहादुर चन्द, तुलसी कामी, दिलबहादुर बोहरा, बसन्ती राना, जोगराम डगौरा, देउमा बाबली, गोमती कुँवर, पल्टु डगौरा (चौधरी), अर्जुन धानुक, धौलीदेवी महर९कामी०, रेश्मी डगौरा, गणेशबहादुर विष्ट, डम्बर दत्त भट्ट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
२०७४मा एमालेबाट बेदकोट नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ४२ जना निर्वाचित भएका थिए । समाजवादी प्रवेश गर्ने बेदकोट नगरका जनप्रतिनिधिलाई एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले टिका लगाएर स्वागत गरेका थिए । ‘राम्रा र देशभक्त जनप्रतिनिधि, नेता तथा कार्यकर्ता समाजवादीमा आइरहेका छन’ नेपालले भने ।
बेदकोट नगरका मेयर चन्दले एमालेमा इमान्दार कम्युनिष्ट नेताहरूलाई लखेट्न थालेपछि समाजवादको यात्रा तय गरेको बताए । उनले भने, ‘मैले एमालेमा २२ वर्ष काम गरेको छु, १८ वर्षको उमेरदेखि जनप्रतिनिधि भएर काम गरेको अनुभव छ ।’
एमालेमा १० बुँदेका नाममा आफुहरूलाई अपमान र तिरस्कार गर्न खोजिएको चन्दले बताए । चन्दले एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी र कञ्चनपुर इन्चार्ज निरु पालले पुनः मेयरमा उठ्न प्रस्ताव राखेपनि भावी चुनाव नलड्ने घोषणा गरेको बताए ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


