झारफुक गर्ने क्रममा एक महिलाको मृत्यु ।
काठमाण्डौ:
कञ्चनपुरमा झारफुक गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
बेदकोट नगरपालिका–७ मुसेपानीमा झारफुक गर्ने क्रममा ४३ वर्षीया रन्जुला साउदको मृत्यु भएको हो। महिलाको मृत्यु भएपछि प्रहरीले दुई जना धामी झाक्रीसहित सात जनालाई शनिबार पक्राउ गरेको छ। धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले घर घेराउसमेत गरेका थिए।
धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्युमा संलग्न भएको आशंकामा प्रहरीले भीमदत्त नगरपालिका–७ का धामीझाक्री धर्मानन्द भट्ट, सोही नगरपालिकाको वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउद र देवरसहित सात जनालाई पक्राउ गरेको छ ।
साउद एकल महिला हुन्। आर्थिक अभावका कारण अस्पताल लैजान पैसा अभाव भएपछि साउद धामीझाँक्रीको शरणमा पुगेकी थिइन्। उनका दुई छोरी रहेका छन्।महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साँझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…