काँग्रेस र एमालेद्धारा धमाधम उम्मेदवार छनौट

प्रकाश डोटेल
स्याङ्जा, ११ बैशाख :

स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमाले स्याङ्जाले धमाधम उम्मेदवार छनौट गरेका छन् । बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको उम्मेदवार मनोनयन गर्ने पहिलो दिन बैशाख ११ गते काँग्रेस र एमालेले उम्मेदवार छनोट गरेका हुन् ।

नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम रहने गरी जिललाका ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार छनौट गरेको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार चयनका लागि भने गण्डकी प्रदेशमा छलफल जारी रहेको बताइएको छ ।

गाउँपालिकामध्ये अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेसकै उम्मेदवार बनाईएको छ । अन्य ५ वटा गाउँपालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र केही वडाका अध्यक्ष सहित सदस्य पद दिनेगरी उम्मेदवार छनौट गरिएको काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ्लाई उम्मेदवार बनाउने र्णिय भएको छ । आँधीखोलामा प्रेमराज पौडेल, फेदीखोलामा लक्ष्मीप्रसाद बराल, हरिनासमा टोपबहादुर भुजेल, बिरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको लम्सालले बताए ।

उपाध्यक्षसहित तोकिएका संख्यामा केही वडा अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर उम्मेदवार पठाउने भएका छन् । एमालेको प्रभाब क्षेत्र मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्यागगरी हप्ताअघि कांग्रेसमा प्रवेश गरेका हुन । उनलाई केही दिनअघि मात्रै काँग्रेस स्याङ्जाको जिल्ला सदस्य पदमा मनोनित गरिएको थियो ।

जिल्लास्थित ठूला राजनीतिक दल एमाले र कांग्रेसले भने सोमबार मनोनयन दर्ता गराउने जनाएका छन् । केहि स्थानीय तहमा साना दलका उम्मेदवारहरुले आइतबार नै उम्मेदवार मनोनयन गरिसेका छन् ।

नेकपा एमालेबाट अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र उपाध्यक्षमा टंकप्रसाद खनाललाई चयन गरेको छ । गुरुङ गाउँपालिकाको बहालवाला उपाध्यक्ष समेत हुन् । यसअघि वालिङ नगरपालिकाको नगर प्रमुखमाकृष्ण खाँण र नगर उपप्रमुखमा खगीसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी एमालेले आँधिखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । हरिनास गाउँपालिकामा अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा इन्द्र कुमारी थापा रानालाई अगाडी सारेको छ । फेदीखोलामा पुष्प बराल, बिरुवामा प्रकाश थापा र कालीगण्डकीमा खिमबहादुर थापा उम्मेदवार रहने एमाले स्याङ्जाले जनाएको छ ।

Facebook Comments Box
TOP