दोस्रो चरणको अभियानमा काँग्रेस,झुट्टा सपना काँग्रेसले बाड्दैन : युवा नेता पौडेल

स्याङ्जा :
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले टोल देखि जिल्लातह सम्म चलाएको एक महिने घर—घर जाऔं, काँग्रेस जिताऔं अभियान सम्पन्न गरेको छ । एक महिना सम्म यो अभियान सगै टोल देखि पालिकास्तर सम्म पुगेको नेपाली काँग्रेस स्याङ्जाले समिक्षा सहित पत्रकार सम्मेलन गरेर दोस्रो चरणको अभियानमा प्रवेश गरेको जनाएको छ । नेपालकै पहिलो पर्यटकीय गाँउ शिरुवारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले कम्युनिष्टहरु ले झै काँग्रेसले झुट्टा सपना नबाड्ने बताउनु भयो । गएको आम निर्वाचनमा कम्युनिष्टहरुले झुट्टा सपना बाडेकै कारण दुईतिहाई मतको सदुपयोग गर्न नसकेको आरोप नेता पौडेलले लगाउनु भयो । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा नागरिकलाई नसक्ने विकासे योजनाका सपना नबाड्न कार्यकर्तालाई निर्देशन गर्दै युवा नेता पौडेलले सम्भाव्यताको अध्ययन गरी आर्थिक एजेण्डा प्रस्तुत् गर्न आग्रह गर्नुभयो ।
एक महिने अभियानमा स्याङ्जा बसेका केन्द्रीय सदस्य पौडेलले स्याङ्जा काँग्रेसको साख पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा समय अनुकुल गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएकाले स्याङ्जामा गठबन्धन गरेर जानुपर्ने वा नजाने निर्णय जिल्ला काँग्रेसकै हातमा रहेको बताउनु भयो । अंकगणीतीय हिसावमा नेपालका कम्युनिष्टलाई काँग्रेसले जित्न नसकेपनि विचारमा काँग्रेस बिजयी भएको पौडेलले दावी गर्नुभयो । काँग्रेसले उठाउदै आएको बिचारमा नेपालका कम्युनिष्टहरु समाहित हुदै संसदीय व्यवस्थामा आएकोले काँग्रेसले जितेको उहाँले बताउनु भयो ।


बैशाख ३० मा हुन लागेको स्थानीय चुनावका लागि स्याङ्जामा गठबन्धन आवश्यक भएको नेपाली काग्रेस स्याङ्जाका जिल्ला सभापति राजुु थापाले बताउनु भयो । सभापति थापाले स्थानीय चुनावका लागि सरकार संचालन दलहरुसंग गठबन्धन हुने तर काँग्रेसले आफ्नो मतको सदुपयोग गर्दै भागबण्डा हुन सक्ने बताउनु भयो ।
गठबन्धनका बिषयमा वडातह देखि पालिकाको सुझाब आएपछि मात्रै तालमेलको टुङ्गो लगाउने सभापति थापाले बताउनु भयो । जिल्लाका ९७ वडामा टोलविकास समिति गठन, वडातह देखि पालिकाको घोषणपत्रको तयारी र उमेदवारी सिफारीसका कामहरु सकिएको जानकारी सभापति थापाले दिनुभयो । पार्टीबाट चुनाबमा जाने उमेदवारको भने काँग्रेसको विद्यान अनुसार टुङग्याइने थापाले बताउनु भयो । अबको निर्वाचनमा शिक्षा, स्वास्थ्य, कृषि र आवश्यक अनुसार सडक हुदै रोजगारका बिषयहरुलाई मुख्य एजेण्डा प्रस्तुत् गरी जनताको घरदैलोमा जाने उहाँले बताउनु भयो ।
दोस्रो चरणको कार्यक्रम चुनावी रणनीतिक अनुसार छिट्टै संचालन हुने नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिनुभयो । अब बस्ने जिल्ला कार्य समितिको बैठकले दोस्रो चरणको कार्यक्रम तयगर्ने लम्सालले बताउनु भयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP