नेपाली कांग्रेसले समाजवाद अवलम्बन गरेको छ : डा. पोखरेल

भवानी अधिकारी
स्याङ्जा, २२ चैत :
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्धारा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोबिन्दराज पोखरेलले नेपाली कांग्रेसले वीपीको समाजवादको सिद्धान्तलाई नै अवलम्बन गर्दै आएको बताउनुभयो । हिजोआज धेरै ठाउँमा समाजवाद छाड्यो भन्ने कुरा भ्रामकरुपमा फैलाइनु दुखद पक्ष रहेको उहाले बताउनुभयो ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्धारा मंगलबार सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै डा. पोखरेलले भन्नुभयोे, ‘त्यतीबेला वीपीले भनेका समाजवादको पदचिन्हहरु समयानुकुलन परिवर्तन भएका हुन भन्दै वीपीको समाजवादलाई कांग्रेसले छाडेका भन्न मिल्दैन।’
उहाले भन्नुभयो, ‘हिजो वीपीले हलो जोतेको मान्छे, दुहुनो गाईको परिकल्पना गर्नु नै किसानमुखी अर्थनीति हो। अहिले हलो नभई ट्याक्टर जोत्ने प्रचलन छ। जुन वीपीले २००७ सालमा कृषिमा सुधार ल्याएर गरिवी निवारण गर्न सकिने कुरा बताउनु भएको थियो। उहाले २०१७ सालमा कृषिमा आधारित औधोगिक विकासको आवश्यकता ठान्नुभयोे।’
त्यतीवेलाका सोच अहिलेसम्म सान्र्दभिक छ। ज्ुाुन कालान्तरसम्म रहिरहनेछ । अहिले १ लाख ८० हजार हेक्टर कृषि योग्य जमिन बर्षेनी घटिरहेको छ भन्दै कृषिमा रुपान्तरण गर्न जरुरी रहेको उहाको भनाई छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहनु भएका डा. पोखरेलले नजिकिदै गरेको स्थानीय निर्वाचनमा सृजनशीलता, उद्यमशीलता, दुरदृष्ट्रि र सबैलाई समेट्न सक्ने नेतृत्व छनौट गर्न सुझाव दिनुभयो । लक्षित योजना र घोषणापत्र तयार पारेर निर्वाचनमा होमिन उहाले बताउनुभयो ।
एमसीसी भनेको हामीले मागेको अमेरिकासंग अनुदान सहयोग रहेको बताउदै उनले यसबाट नेपालमा विद्युत्तीय र सडक निर्माण गरिने बताए। कम्यूनिष्टहरु उत्तेजना, भ्रम र आक्रोश बेच्ने भएकाले एमसीसीको भ्रम र यथार्थ बारे स्थानीयलाई बुझाउनु पर्ने उहाको भनाई छ।
‘आउदा दिन पनि उज्वल रहेको बताउदेै चेतना र योजना भएका युवाहरुको जमात बढेको छ। मानिसमा उदारवादी सोच छ। कर्ममा विश्वास गरौं। नेपालमा बगिरहेको पैसालाई चिनौं। विकासमा बसह गरौं। यही उद्यम र विकास गरौं। म्ुाुलुकले गति लिनेछ, समुन्नत नेपाल बन्नेछ’ ढाडस दिदै डा. पोखरेल भन्नुहुन्छ्।
एमसीसी आएमा अमेरिकी सेना आउछ भन्ने भ्रम कम्यूनिष्टहरुले फैलाएको भन्दै उहाले सेना लगायत अन्य बिबिध क्षेत्रमा अनुदानबाट प्राप्त रकम खर्च गर्न नपाउने प्रावधान उल्लेख गरिएको समेत डा. पोखरेलले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, बाग्लुङका महासमिति सदस्य एवं प्रशिक्षक डिल्लीराम सुवेदी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी लगायतले आउदो स्थानीय निर्वाचनमा जिल्लाका ९७ वडा, ११ पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति केदार काफलेले स्वागत मन्तब्य एवं नगरसचिव महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…