कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने ।

काठमाण्डौ:

नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र पार्टीका नेता -कार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।

समिति सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र दिवसका दिन घोषणा पत्र सार्वजनिक गरिने बताए।

घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने पनि उनले बताएका छन्। त्यसका लागि टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था गर्न लागिएको उनले बताए।

०७४ सालमा कांग्रेसले जितेका स्थानीय तहका प्रतिनिधिका सुझाव पनि कांग्रेसले लिने भएको छ। साथै पार्टीको पालिकास्तर कार्यसमितिबाट पनि घोषणापत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव लिइने उनले बताए।

कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका विषय विज्ञसँग पनि छलफल गरेर घोषणापत्रमा समावेश गर्ने एजेन्डा तय गरिने उनले बताएका छन्।

संघीयतालाई थप बलियो बनाउने दिशातर्फ मद्दत पुग्ने गरी कांग्रेसले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र र स्थानीय तहबाट प्रतिवद्धता पत्र जारी गर्न लागेको छ।

साथै कांग्रेसले घोषणा पत्र र प्रतिवद्धता पत्रमा समावेश गरिएका विषयलाई प्रत्येक वर्ष कार्यान्वयनमा आए वा नआएकोबारे अनुगमनसमेत गर्ने तयारी गरेको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP