बिभिन्न सहयोग गरेर मनाए वडा अध्यक्षले आफ्नो जन्मदिन ।
भीरकोट :
पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गरी रमाइलो गर्ने प्रचलन बढिरहेको छ तर स्याङ्जाका एक वडा अध्यक्षले उदाहरणीय काम गरि आफ्नो जन्म दिन मनाउनु भएको छ ।
भीरकोट जेसिज द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नेपाली कांग्रेस भीरकोटका पार्टी सभापति याम प्रसाद अधिकारी लक्ष्मण ले दुर्घटनामा परि उपचाररत अवस्थामा रहनुभएका भीरकोट ९ का अनु गुरुङलाई नगद रकम रु ११,५५५/– प्रदान गर्नुभएको छ । त्यस्तै अधिकारले ५५ जना वालवालिका लाइ स्टेशनरी सामग्री समेत वितरण गर्नुभएको छ । अधिकारीले जन्मदिनकै अवसरमा भीरकोट ८ निवासि चोल बहादुर गुरुर्ङलाइ बैसाखी समेत प्रदान गर्नुभएको छ ।

भीरकोट जेसिज स्थापनाकर्ता समेत रहनु भएका अधिकारी राजनीतिसँगै सामाजिक अभियान सञ्चालन गर्दै आउनु भएको छ ।
सोहि अवसरमा भिरकोट तरुण दलका अध्यक्ष राजकुमार गुरुङले युके निवासी सुधा थापाले पठाउनुभएको सहयोग रकम रु ११,२००/– अनु गुरुङ लाइ हस्तान्तरण गर्नुभएको छ ।
भीरकोट जेसीजका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव शुन्दर कोइराला ले गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण पदाधिकारीले जन्मदिनको अवसरमा शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


