निर्वाचन आयोगले एकीकृत समाजवादी र शशांक कोइरालालाई स्पष्टीकरण सोध्यो ।
काठमाण्डौ:
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
गएको शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यस्तै आयोगले नेपाली कांग्रेसका नेता डा। शशाङ्क कोइरालालाई पनि स्पष्टीकरण सोधेको छ । कोइरालालाई चुनाव खर्च विवरणबारे स्पष्टीकरण दिन भनेको हो । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो । कोइरालाले केही दिनअघि एक कार्यक्रममा चुनाव खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च गर्नुपरेको बताउनुभएको थियो ।
यसैबीच पालिका चुनावका लागि अहिलेसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यस्तै चुनावको मिति घोषणा भएपछि आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार आठ सय जना मतदाता थपिएको आयोगले जनाएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


