मौलिक पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण ।
स्याङ्जा:
लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ।
विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।
करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १, माझकटेरी बाजा समूह आँधीखोला १, उखुवारी बाजा समूह आँधीखोला २, मडुवा नौमति बाजा समूह आधीखोला २, पाख्रीबोट बाजा समूह आँधीखोला ३, पंचासे बाजा समूह आँधीखोला ४, सेपत बाजा समूह आँधीखोला ४, अरिङ्गाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो ।
अरिङ्गाले बाजा समूह आँधीखोला ५ का अध्यक्ष ठाकुर परियारले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुशी भएको व्यक्त गरे ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


