महिलाहरूका लागि सीपमूलक चुरा पोते बनाउने ८ दिने तालिम सम्पन्न
वालिङ, २१ फाल्गुन :
वालिङ नगरपालिका वडा नं. ९ मा सीपमूलक चुरा पोते बनाउने ८ दिने तालिम सम्पन्न भएको छ । वडा नं. ९ को वडा कार्यालयले महिलाहरुका लागी सीपमूलक तालिमको आयोजना गरेको हो । महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाउँदै सवल तथा सफल समाज निर्माण गर्न तालिमले टेवा पुग्ने अपेक्षा लिईएको छ । सिपले नै जिवनलाई सहज बनाउने भन्दै सीपको सही सदुपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सहभागिलाई आग्रह गर्नुभयो । साथै उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरु बजारीकरणमा नगरपालिकाले पहल गर्ने भन्दै उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
हरेक नागरिक सक्षम हुँन सकेमात्रै नगरलाई सक्षम तथा स्मार्ट बनाउन सकिने भन्दै व्यवसायिक रुपमा अगाडि बढ्नका लागी सहुलित दरमा कर्जा उपलब्ध गराउन बैंकहरुसंग सहजीकरण गर्ने तथा आवश्यक प्राविधिक सहयोग समेमत नगरपालिकाले गर्ने उहाँको आश्वासन थियो । कार्यक्रममा नगरकार्यपालिका सदस्य युगमाया पंगेनी, प्रशिक्षक सपना विक, समाजसेवि गोविन्दप्रसाद पंगेनी, सहभागि मन्जु कुँवरलगायतले बोल्नुभएको थियो । कार्यबहाक वडा अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव देविरेग्मी पौडेलले गर्नुभएको थियाे ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…