वालिङका उद्यमी तथा कृषकहरुलाई कृषि सामाग्री बितरण ।
वालिङ :
वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषि औजार बितरण गरिएको हो ।
कृषि औजार बितरण बितरण गर्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’
कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले कृषकहरुको मागका आधारमा बितरण गरिएका सामाग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धि हुने बताउनु भयो । उद्यमशीलताको बिकास बिना आर्थिक प्रगती नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादन बढाउने अभियानमा युएनडिपीको सहकार्य फलदायी रहने बिश्वास व्यक्त गर्नु भयो । उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत वालिङले शुरु गरेको उद्यमीको शहर बनाउने अभियान निक्कै उदाहरणीय रहेको उहाँले बताउनु भयो ।
कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनु भयो । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन उहाँको सुझाव छ ।
कार्यक्रममा बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानीपिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवशायीक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।







समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


