स्याङ्जा शुरु भयाे ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ अभियान ।
स्याङ्जा :
नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै एक महिने अभियानको घोषणा गरेको छ । घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने अभियानको आजदेखि सुरु गरिएको हो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले अभियानको शुभारम्भ गर्दै कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उहाले जोड दिनुभयो । कार्यक्रममा नेपाली कांगा्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता विर्सेर नयाँ शिरावाट चुनावी अभियानमा जुट्न सुझाव दिनुभयो । कार्यक्रममा पूर्व सांसद खगेन्द्रराज रेग्मी र शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभपाति कल्पना तिवारी र प्रदेश सदस्य अजित क्षेत्री, कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), महासमिति सदस्य तुलसी गिरी, महाधिवेशन प्रतिनिधि शिवकुमार गिरी र बिष्णु पौडेल, युवा नेता युवराज पाण्डे, प्रदेश सभापति प्रकाश तिवारी, गल्याङ् नगर सभापति श्याम बस्याल, आधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, प्रवक्ता भरत लम्साल लगायतले शुभकामना सहित मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस सभपाति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर रानाले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले संचालन गर्नुभएको थियो । सो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै काँग्रेसले एक महिने चुनावी अभियानका कार्यक्रम सुरु गरेको हो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


