राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन अन्त्य ।
काठमाण्डौ:
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
संघीय संसदको सचिवालयले सूचना टाँस गरेर राष्ट्रपतिको कार्यालयबाट संसद्को चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो । १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमाले विरोधमा थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


