पुतलीबजारमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ
पुतलीबजार :
पुतलीबजार नगरपालिकाको आयोजनामा घर नक्सा पासका लागि अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालिकाबासीहरुलाई सेवा बारे जानकारी दिन पालिकाको सभाहलमा अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ कार्यक्रमको आयोेजना गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले झन्झटको रुपमा रहेको घर नक्सा पासको लागि सेवा ग्राहीहरुले घरबाटै निवेदन दिन सक्ने बताईन् । शुभारम्भ कार्यक्रममा नगरप्रमुख क्षेत्रीले घर नक्सा पासकालागि फाईल बोकेर हिड्नुपर्ने बाध्यता र कागज पत्र हराउने डर कम भएको बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले पुतलीबजार नगरपालिकाले नयाँ नयाँ कार्यक्रमहरु ल्याउन लागेको बताउदै अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टललाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । सोही कार्यक्रममा नेकपा एमाले पुतलीबजार नगरकमिटी अध्यक्ष भरत गोदार, नेपाली कांग्रेस पुतलीबजार नगरका सभापति सुरज कुमार अधिकारी र माओवादी केन्द्र पुतलीबजारका उपाध्यक्ष हिमलाल गौतमले पालिकाले रचनात्मक कार्य गर्दै अगाडी बढेको बताउदै पुतलीबजार नगरपालिकालाई सबै मिलेर राम्रो बनाउनुपर्नेमा जोड दिए ।
नगरप्रमुख सिमाकुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन घरनक्सा शाखा प्रमुख अरुण पौडेलले गरेका थिए । पुतलीबजार नगरपालिकामा मासिक रुपमा १० देखी १५ वटा घरहरु पास हुदै आएका छन् । कार्यक्रममा भुकम्प प्रविधि राष्ट्रिय समाजका इन्जीनियर कपील भट्टराईले सहजीकरण गरेका थिए भने घर नक्सा पासका लागि अनलाईन निवेदन पेश गर्ने पुतलीबजार नगरपालिका ३ का ओम प्रकाश गोदरलाई घर निर्माणका लागि अनुमती प्रदान गरिएको थियो । समयको माग अनुसार अनलाईन भवन निर्माण अनुमति प्रक्रिया पोर्टलको शुभारम्भ गरिएको पालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


