आलीको आरोप: सर्वोच्च अदालतमा गोरु ब्यायो ।
पोखरा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गर्नुभयो ।पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाउनुभयो ।
उहाँले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले, ‘संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ कि एउटा जननिर्वाचित सरकारलाई ढालेका छौँ । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो ।’
अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भएका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणी गर्नुभएको छ । उहाँले एकताबद्ध नहुँदा के हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै ओलीले, ‘प्रचण्डलाई दशा लाग्यो । माधव नेपाललाई पनि दशा लाग्यो। त्यहि भएर हुँदाखाँदाको एकताबद्ध छाडेर पार्टी विभाजित गरे । त्यसबेला जंगे थिए, अहिले बुंगे भए ।’ प्रचण्ड र माधवले अहिले कांग्रेसको आश गरेर बस्नुपरेको भन्दै उनले थपे,‘अहिले ढोका बाहिर चिहाएर बस्छन्, कतै ढोकाबाहिर प्रसाद ल्याउँछन् कि भनेर ।’
अध्यक्ष ओलीले आफू सरकारमा हुँदा गरेका कामलाई सञ्चारमाध्यमले सही तरिकाले नलेखेको बताउनुभयो । धरहरा र रानीपोखरी बनाएपनि संचारमाध्यमले सहिरुपमा नलेखेको बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


