कांग्रेस स्याङ्जाले सार्वजनिक गर्यो आफ्ना गतिबिधि
स्याङ्जा :
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले पत्रकार सम्मेलन गर्दै आफना गतिबिधिका बारेमा जानकारी गराएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित प्रेस युनियन निकट पत्रकारहरुको सहभागितामा सम्पन्न महाधिवेशन र अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा जानकारी गराइएको हो । पार्टी प्रवक्ता भरत प्रसाद लम्सालले जिल्लाको महाधिवेशनपछि समिति निर्माण, बिभिन्न २५ वटा बिभाग गठन, क्षेत्र नं. १ को महासमिति सदस्य सर्वसम्मत चयन, कार्यालय ब्यवस्थापन र जिम्मेवारी सहित आसन्न निर्वाचनका बारेमा जानकारी दिनुभयो । उहाले आम नागरिकलाई सत्य र तथ्य बुझाउने माध्यम नै पत्रकार जगत भएकाले बास्तविकतामा आधारित रही सही जनमत जुटाउनेगरी कलम चलाउन सुझाव दिनुभयो । यसैगरी, घर घर जाउ, कांग्रेस जिताउ अभियान सहित नेपाली कांग्रेसले जिल्लाका ९७ वडामा आफनो अभियान संचालन गरेको छ ।

अभियानमा जिल्ला स्थित नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा युवा नेता एवं केन्द्रिय सदस्य प्रदीप पौडेल खटाइएको छ । कार्यक्रममा प्रेस यूनियन स्याङ्जाका पूर्व अध्यक्षहरु ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देल, यूनियनका सभापति प्रदीप कोइराला, केन्द्रिय प्रतिनिधी प्रकाश डोटेल र भवानी अधिकारी, सचिव तोलाकान्त बगाले लगायतले आ आफना सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


