महिला नेतृ तिवारीले पर्बत पुगेर भित्र्याईन काँग्रेसमा कार्यकर्ता ।
पर्वत :
पर्वतको व्यादी र पैँयू गाँउपालिकामा भएकोे कार्यक्रममा अन्य पार्टी छाडेर दर्जन बढि काँग्रेस प्रवेश गरेकाछन् । नेपाली कांग्रेस सञ्चालन गरिरहेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत व्यादी र पैँयु गाँउपालिकामा भएको कार्यक्रममा बिभिन्न व्यक्तिहरु अन्य पार्टी छाडेर काँग्रेस प्रवेश गरेका हुन् ।
व्यादी गाँउपालिकामा भएको सभामा बोल्दै काँग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारीले काँग्रेस मात्र लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई यस पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक पार्टीको बिजयले मात्र नेपालमा गणतन्त्रको संस्थागत बिकास र आर्थिक प्रगती हुन सक्दछ ।’
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्ब जिल्ला सभापति खिम प्रसाद भुषाल,काँग्रेस जिल्ला सहसचिव तिलक भुषाल,प्रदेश सभापति परविन गुरुङ,गाँउपालिका सभापति बिष्णु भुषाल, आनन्द भुषाल,हरि न्यौपाने,राजेन्द्र आचार्य,बिष्णु खड्का,प्रेम बहादुर सुनार लगायतले बोलेका थिए ।

त्यस्तै पैँयु गाँउपालिकाको हातेमालोमा भएको सभामा बोल्दै काँग्रेस महासमिति सदस्य तथा पैँयु गाँउपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले काँग्रेसले गरेका उत्कृष्ट कार्यका बारेमा सबै नागरिकलाई जानकारी गराउनु पर्ने र सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश प्रतिनिधि तथा गण्डकी प्रदेश सदस्य कविता तिवारीले कम्युनिष्टले कुरा मात्रै गर्ने काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
काँग्रेस वडा वडामा गएर वडा टोल गठन गर्ने, भ्रष्टाचारको भण्डाफोर गर्ने,काङ्ग्रेस मजबुत बनाउन जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको तिवारीले बताउनुभयो । साथै स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्नका लागि लक्षित कार्यक्रमहरु समेत सञ्चालन गर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पैँयु गाँउपालिकाका उपाध्यक्ष जसमती गुरुङ,तरुणदल पर्वतका सभापति राज मल्ल,गिरीराज गौतम, एक नारायण न्यौपाने,तिलक प्रसाद श्रेष्ठ,सावित्रा थापा,मिन प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
दुबै कार्यक्रममा एमाले तथा माओवादी परित्याग गरेर बिभिन्न व्यक्तिहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


