स्थानीय चुनावमा १०,७५६ मतदान स्थल, २१,९५५ मतदान केन्द्र, मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना ।
काठमाण्डौ:
स्थानीय तहको निर्वाचनमा १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्।
त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरूष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको अर्यालले बताए।
आयोगको आइतबार बसेको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका मतदाता, मतदान स्थल र मतदान केन्द्र टुङग्याएको हो । आयोगका अनुसार सबैभन्दा बढी मतदान स्थल मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल र ४ हजार १ सय ८९ मतदान केन्द्र निर्धारण गरिएको छ । मधेस प्रदेशका आठ जिल्लामा ३३ लाख ३१ हजार १ सय ७० मतदाता छन् ।
यस्तै प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तय गरिएको छ । यसमा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् ।
वाग्मतीमा १ हजार ७ सय ९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । वाग्मतीमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् ।
गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाताको लागि १ हजार २ सय ५३ मतदान स्थल तय गरिएको छ । लुम्बिनीमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाताको लागि १ हजार ६ सय २९ मतदान स्थल, कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाताको लागि ९ सय ७ मतदान स्थल तोकिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाताका लागि आयोगले १ हजार १ सय ३५ मतदान स्थल तय गरेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


