अन्तराष्ट्रिय नारी दिवसका अवसरमा लायन्सद्धारा सुत्केरी महिला तथा विरामीलाई पोशिलो आहार
वालिङ :
११२औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा लायन्स क्लब अफ वालिङ सिटिले सुत्केरी महिला तथा विरामीहरुलाई पोशिलो आहार वितरण गरेको छ । लायन्सले लियो क्लब अफ वालिङ सिटिको सहकार्यमा गह्रौँ प्राथामिक अस्पताल वालिङमा रहनुभएका सुत्केरीलाई पोशिलो आहार तथा फलफुल तथा नवजात शिशुका लागी कपडा र अन्य भर्ना भएर बस्नुभएका विरामीहरु गरी १० जनालाई वितरण गरिएको लायन्सका अध्यक्ष चुत्रकुमारी थापा दुगाले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष तथा एओजि चेतनारायण श्रेष्ठले संविधानले प्रदत्त गरेका महिलाका हकअधिकार कार्यान्वयनका लागी अव महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा अस्पतालका डाक्टर विनोद पौडेलले सुत्केरी तथा विरामीहरुका लागी पोशिलो आहार उपलब्ध गराउनुभएकोमा क्लबप्रति आभार व्यक्त गर्नुभयो । क्लबका अध्यक्ष चुत्रा कुमारी थापा (दुर्गा)को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव स्वाँ श्रेष्ठ र स्वागत लियो क्लबका खुमशर्मा पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा लायन्स र लियोका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


