केपी ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको अर्बौं रुपैयाँ दुरुपयोग गरे : डा. महत ।
काठमाण्डौ:
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी ओलीले अर्बौं रुपैयाँ दुरुपयोग गरेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रका समसामयिक मुद्दाहरू र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथिको छलफलमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा बालुवामा पानी हालेझैँ दुरुपयोग भएको आरोपसमेत लगाए।
नेता महतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसालाई आफ्नो किसिमबाट सरकारले तोडमोड गरेर कार्यकर्ताहरूलाई खुसी पार्ने काम मात्र गरेको बताए ।
नेता महतले अहिले नेपालको ऋणको प्रतिशत बढिरहेको यो गम्भीर विषय भएको बताए । उनले नेपालले पनि जथाभावी ऋण लिने हो भने अहिलेको श्रीलंकाको अवस्था हुने बताए । नेता महतले विकास र समृद्धिको लागि सरकारले सहुलियत ऋण लिन आवश्यक रहेको बताए । उनले व्यापार घाटालाई घटाउन पेट्रोलियम प्रोडक्टहरूलाई रोक्न जरुरी रहेको बताए ।
नेता महतले व्यापार घाटालाई घटाउन डिजेल र पेट्रोलमा आधारित यातायातलाई निश्चित समयसीमाभित्र विद्युतीय माध्यममा स्थापित गर्नुपर्ने बताए । उनले देशको आर्थिक विकास गर्न र देश विकास गर्न ऋण इकोनोमीमा जानुपर्ने पनि बताए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


