मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्छौं :नगरप्रमुख अधिकारी
गल्याङ :
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
उहाँले मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको जानकारी दिनुभयो ।
बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ, स्याङ्जाको दोश्रो जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा उहाँले किलो विक्रीको आधारमा मासुमा अनुदानको व्यवस्था गर्न लागिएको स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिए जस्तै मासुमा पनि निश्चित रकम तोकेर प्रतिकिलोमा अनुदान दिने गरी कार्यविधि बनाउँदैछौं ।’
उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्दा दुःख गर्ने किसानसामु अनुदान पुग्ने भन्दै उहाँले कागजपत्र मिलाएर अनुदान लिने तथा आफ्नालाई मात्रै अनुदान दिने अवस्थाको अन्त्य चाहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले निर्वाचित प्रतिनिधि सबैको साझा हुने भएकाले अनुदान तथा अन्य कामहरुमा भेदभाव गर्न नहुनेमा जोड दिनुभयो ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघको स्याङ्जा अधिबेशन गल्याङमा भएकोमा आफु हर्सित भएको भन्दै उहाँले किसानका लागि गर्नुपर्ने कामका लागि आवश्यक सुझाब दिन महासंघसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलले बाख्रापालन गर्ने क्रममा नै किसानहरुलाई अनुदान दिनुपर्ने बताउनुभयो ।
उहाँले किसान सबैको भगवान भएकाले सबै पक्षले किसानलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल व्यवसायिक बाख्रापालक महासंघका महासचिव अमृत तिवारीले युवाहरु कृषि क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी भूमिमा परिश्रम गर्नुभन्दा स्वदेशमा नै कृषि क्षेत्रबाट आर्थिक अवस्था सुदृढ बनाउन सकिने बताउनुभयो ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख तथा नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशिल अर्यालले बाख्रापालन गर्दा प्राविधिक पक्ष, दाना, घाँस लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो । गल्याङ नगरपालिका सभाहलमा भएको अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै बुधबार नै सकिनेछ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


