स्याङ्जामा शुरु भयो ‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ अभियान ।
स्याङ्जा:
नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै एक महिने अभियानको घोषणा गरेको छ ।‘‘घर–घर जाऔं, कांग्रेस जिताऔं’’ भन्ने अभियानको आजदेखि सुरु गरिएको हो । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले अभियानको शुभारम्भ गर्दै कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उहाले जोड दिनुभयो । कार्यक्रममा नेपाली कांगा्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता विर्सेर नयाँ शिरावाट चुनावी अभियानमा जुट्न सुझाव दिनुभयो । कार्यक्रममा पूर्व सांसद खगेन्द्रराज रेग्मी र शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभपाति कल्पना तिवारी र प्रदेश सदस्य अजित क्षेत्री, पुर्वकार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), महासमिति सदस्य तुलसी गिरी, महाधिवेशन प्रतिनिधि शिवकुमार गिरी र बिष्णु पौडेल, युवा नेता युवराज पाण्डे, प्रदेश सभापति प्रकाश तिवारी, गल्याङ् नगर सभापति श्याम बस्याल, आधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, प्रवक्ता भरत लम्साल लगायतले शुभकामना सहित मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस सभपाति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर रानाले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले संचालन गर्नुभएको थियो । सो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै काँग्रेसले एक महिने चुनावी अभियानका कार्यक्रम सुरु गरेको हो।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …