एमालेबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश ।
बैतडी:
नेकपा (एमाले)बाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।चन्दलाई कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभयो । यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई पनि सह–महामन्त्री पाण्डेयले पार्टीको सदस्यता वितरण गर्नुभयो ।
कांग्रेस प्रवेश परेकी उपाध्यक्ष चन्दले एमाले पार्टीमा भ्रष्ट चरित्र मौलाएको कारण कांग्रेस प्रवेश गरेको बताउनुभयो । चन्दले एमालेलाई सामन्तवादी पार्टीको संज्ञासमेत दिनुभएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


