४ घण्टाको प्रयासपछि नियन्त्रणमा आयो दमौलीको आगो
दमौली :
तनहुँको सदरमुकाम दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ।
बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। ‘हामी क्षतिको विवरण सङ्कलन गर्दैछौं, पछि यसबारेमा जानकारी गराउँछौं,’ खड्काले भने।
आगलागीबाट चार/पाँच घरमा क्षति पुगेको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र काठमाडौंबाट आएको श्रिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइएको थियो।
साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


