४ घण्टाको प्रयासपछि नियन्त्रणमा आयो दमौलीको आगो
दमौली :
तनहुँको सदरमुकाम दमौलीमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ।
बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। ‘हामी क्षतिको विवरण सङ्कलन गर्दैछौं, पछि यसबारेमा जानकारी गराउँछौं,’ खड्काले भने।
आगलागीबाट चार/पाँच घरमा क्षति पुगेको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र काठमाडौंबाट आएको श्रिम्रिक एयरको हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइएको थियो।
साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


