नेपाली कांग्रेस प्रदेश सभापतिहरूको गठबन्धन गर्न नहुने तर्क ।
काठमाण्डौ:
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। यस क्रममा अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् ।
उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निर्णय गर्न नहुने तर्क गरेका छन् । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भने झैं कर्णाली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।
यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदी गठबन्धन गर्ने जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने संकेत गरेका थिए । लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीय स्तरबाटै गर्न सकिने संकेत गरेका थिए । उनले यदी यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निर्णय गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदैआएका छन् ।
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


