किर्ते नागरिकता काण्ड : स्याङ्जाको आँधीखोला–३ का वडाध्यक्ष पक्राउ ।
प्रकाश डोटेल,
स्याङ्जा, १७ चैत्र ।
स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनहिरुले धमाधम अबैध काम कारबाहीलाई तिव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पक्राउ परेका छन् ।
नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री पक्राउ परेका हुन् । वडाध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारिस गरिएको पीडितहरूले बताएका छन् ।
उक्त कार्यमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्थानीयले संयुक्त निवेदन दिएका थिए । निवेकका अनुसार कृष्णप्रसाद पौडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा किर्ते नागरिकता बनाइएको छ, तर कृष्ण प्रसाद पौडेलको सोनु पौडेल नाम गरेको छोरी नै नभएको दावी गरिएको छ ।
आँधीखोला गाउँपालिका ३ पाख्रीबोटमा कृष्णप्रसाद पौडेल नाममा व्यक्ति भए पनि सोनु पौडेल नाम गरेकी छोरी भने नभएको बताइएको छ । निजलाई नागरिकताको प्रमाण–पत्र दिएमा फरक पर्दैन भनी हामीहरूले वडा मुचुल्कामा हस्ताक्ष्।र गरेका छैनौं, जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
निबेदकका अनुसार नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पूर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण–पत्र दिलाई दिने प्रपञ्च गरेका व्यक्तिहरूले नै हामीहरूको नाम उल्लेख गरी वडा मुचुल्का खडा गरिएको छ । हाम्रो सहीछाप निजहरूकै जालसाझी प्रपञ्चबाट हामी सिधासादा नागरिकहरूको नाम राखी फसाउने नियतले हामीहरूको किर्ते हस्ताक्षर गरी त्यस्तो वडा मुचुल्का खडा भएको निवेदनमा उल्लेख छ ।
स्थानीयको निबेदन परेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । किर्ते मुचुल्का खडा गर्ने एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
उजुरीपछि प्रहरीले किर्ते काम गरेको आरोपमा वडाध्यक्ष खत्रीलाई पक्राउ छ । खत्रीलाई उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । पक्राउ परेका खत्रीलाई छुटाउन एमाले स्याङ्जाका नेता तथा कार्यकर्ताहरूले दबाब सिर्जना गर्न थालेका छन् । यस विषयमा पूर्वमन्त्री तथा एमाले केन्द्रीय सचिव पदमा अर्यालले खत्रीलाई छाडिदिन दबाब दिएको प्रशासन श्रोतले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


