आँधीखोला गाउँपालिका : फुलबारी-पुवाडाँडा कालोपत्रे सडकको उद्धाटन ।
स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाँडा कालोपत्रे सडकको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा एक कार्यक्रमका बीच निर्माण सम्पन्न कालोपत्रे सडकको उद्घाटन गर्नु भएकाे हाे । सडक निर्माणका लागि रु ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु ४ करोड ३१ लाखमा श्री गिता /श्री क्रियटिभ जे. भी स्याङ्जाले सडक निर्माण कार्यको जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङ सहित २.७ कि मी सडक पिच गरिएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नितीअनुसार वडा नं ३ को वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिएको बताउनुभयो । सडक निर्माणपछि स्थानीय जनतालाई ओहोरदोहोर गर्न सुविधा पुग्ने र स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनहरू सजिलै बजार पहुँचमा पुग्ने साथै सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो । यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताउनु भएकाे छ । आँधीखोला गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विष्णु बहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालन वडा नं ३ का वडा सचिव बालकृष्ण पौडेलले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारी,कार्यपालिका सदस्य गुजेश्वरी क्षेत्री, वडा सदस्य बिन्दु वि क, हरिहर शर्मा, स्थानीय राजनितीक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


