दुई विद्यालयमा सचेतना कार्यक्रम
वालिङ :
वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आज दुई वटा विद्यालयमा कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर बृद्धि गर्ने मुख्य उद्देश्यसहित आज अमिलीथुम आधारभूत विद्यालय र गह«ौंकालिका आधारभूत विद्यालयका ब्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुबीचमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
वालिङ ८ अमिलीथुमस्थित अमिलीथुम आधारभूत विद्यालयमा आयोजित सचेतना कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष कमलप्रसाद सुबेदीले वडाभित्रका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तरीयतामा जोड दिनकालागि अभियानकोरुपमा अगाडि बढिएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्यहरु युगमाया पंगेनी, वडा सदस्य चेतनारायण श्रेष्ठ, वडा सचिव प्रेमनारायण सुबेदी, अमिलीथुम आधारभूत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शंकर सुबेदी, पूर्व अध्यक्ष ध्रुबराज उपाध्याय लगायतले शैक्षिक गुणस्तर बृद्धिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
अन्तरक्रियामा बालमनोविज्ञ रामचन्द्र केसीले प्रशिक्षण प्रदान गर्नुकासाथै उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


