वालिङमा फोहार मैला व्यवस्थापनका लागि डष्टविन वितरण कार्य जारी

वालिङ, २ फाल्गुन :
फोहोर मैला व्यवस्थापनका लागि वालिङमा बिभिन्न डष्ट्रविन वितरण अभियान जारी रहेको छ । मानिसहरुको जनघनत्व बढी भएका स्थानहरु तथा मानिसहरुको आवातजावात बढी हुने नगरका १४ वडाका विभिन्न स्थानहरुका लागी डष्ट्रविन वितरण गरिएको हो । वालिङ प्रोडक्ट होल्डीङ बहुउद्देश्यीय सहकारी संस्थाले कुहिने, नकुहिने फोहोर संकलनका लागि डक्टविन,मास्क,पन्जा,कुचो लगायतका समाग्री बितरण गरेको परियोजना प्रमुख बिशाल बगालेले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंधीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा वालिङमा सञ्चालित हरित पुनःउत्थान (पिजिआरपि) परियोजना अन्तगर्त बिभिन्न सामाग्रीहरु बितरण गरिएको संस्थाले जनाएको छ ।
वालिङ नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह ,युवा क्लब तथा वडाहरुसँगको समन्वयमा सामाग्री प्रदान गरिएको छ । आईतबार वडा नं. ९ र ११ सप्तरंगी आमा समुह र डौँवा आमा समुहलाई फोहोरमैला व्यवस्थापनको लागी सामाग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । साथै संस्थाले विभिन्न टोलहरुमा गड्यौले मलको समेत अनुगमन गरेको छ । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्ट्रिकजन्य अलग राखेर नगरपालिकाको फोहोर संकलन गर्ने गाडिलाई दिने अथवा गाडि जाने संभव नभएकाहरुले सरसफाई केन्द्रमा लैजाने पनि सक्नेछन् ।
परियोजना मार्फत अर्गानिक खेति तालिम, बिउ बिजन वितरण ,गड्यौले मल बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरिदै आएको सहकारीका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जानकारी दिनुभयो । कोभिडबाट प्रभावित भएका परिवारलाई बिशेष प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको गुरुङको भनाई छ । परियोजनाले फोहरमैला व्यवस्थापन, अर्गानिक खेतीको प्रवद्र्धनसँगै उद्यमशीलतताको क्षेत्रमा समेत काम गरिरहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…