कमल थापाको नेतृत्वमा ‘राप्रपा नेपाल’ घोषणा ।

kamal thapa raprapa nepal

काठमाण्डौ
कमल थापा नेतृत्वमा ‘राप्रपा नेपाल’ पार्टीको औपचारिक रुपमा घोषणा भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो । तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए । राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए ।

 

Facebook Comments Box
TOP