पुतलीबजार नगरपालिकाको दशौं नगरसभा सम्पन्न

वालिङ :
पुतलीबजार नगरपालिकाको एक कार्यक्रमका विच दशौं नगरसभा सोमबार सम्पन्न भएको छ । सभामा नगरप्रमुख सीमा क्षेत्रीले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमको समिक्षा सहित नगरभित्रका विकास निर्माण लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरी, उपप्रमुख महेश पुरीले आव २०७८÷७९ को आर्थिक तथा बिनियोजन ऐन संशोधन बिधेयक, स्वीकृत अनुदान, योजना तथा कार्यक्रमहरुको संशोधन, न्यायिक समितिका प्रतिवेदन, बिधायन समितिका संयोजक ख्यामनारायण अधिकारीले कानून निर्माणका प्रतिवेदन, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक ओम बहादुर खड्को कार्यालयको संगठन संरचनामा संशोधन तथा कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव र लेखा समिति संयोजक रविबिक्रम केसीले लेखा र बेरुजु सम्बन्धी प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत गरिएका ती प्रस्तावलाई सभाले पारित गरेको थियो । यसैगरी, सभामा जानुअघि सभासद एवं सहभागीका एन्टिजिन परिक्षण गरिएको थियो । परिक्षणमा नेगेटिभ आउने मात्र सभामा सहभागी हुन पाएका थिए भने पोजेटिभ आउनेहरु घरमा बसेर भर्चुअल माध्यमबाट सहभागी बनेका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।  यसैगरी, सभामा पुतलीबजार नगरपालिका वडा नं. १ का बिष्णुकुमार श्रेष्ठ र ११ का सदस्य शक्तिचन्द्र अर्यालले जिज्ञासा राख्नु भएको थियो । सहभागीका जिज्ञासालाई नगरप्रमुख र उपप्रमुखले जवाफ दिनुभएको थियो ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP