गण्डकी प्रदेश स्तरिय कविता प्रतियोगिता सम्पन्न ।
फाल्गुन १६ गते :
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा प्रदेश स्तरिय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो भिवष्यका लागि आजै लैगिंक समानता’ बिषयमा प्रदेश स्तरिय कविता प्रतियोगिता भएको हो । प्रदेशका ११ वटै जिल्लाबाट प्राप्त भएका आवेदनका आधारमा छनौट भएका ११ जना बिद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका हुन् ।
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको आयोजना र एनसेलको सहयोगमा भच्र्युल माध्यमबाट कविता प्रतियोगितामा सम्पन्न भएको हो ।
प्रतियोगितामा म्याग्दीको बेनी सामुदायिक बिद्यालयका हिमाल आचार्य प्रथम हुनु भएको छ । त्यस्तै बाग्लुङको अमर सामुदायिक बिद्यालयका निर्मला बिक दोस्रो र तनहुँको सत्यवती सामुदायिक बिद्यालयका गौरव साप्कोटा तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा आफ्नो भनाई राख्दै गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले महिलाहरुको क्षमता बिकास भईरहेको बताउनु भयो । कतिपय मुख्य मुख्य पदमा महिलाहरु पुग्नुले महिलाको सशक्तीकरण भईरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सामाजिक र बातावरण दुवैलाई सम्मिश्रण गरेर कविता प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । कसैलाई पटाडि नछाडौं र छोडिएकालाई सँगै अगाडि बढाऔं भन्ने दीगो बिकासको मुख्य बिषयलाई सार्थक बनाउदै महिला ससक्तीकरणमा सहयोगी होस भनेर कविता प्रतियोगिता आयोजना गरिएको अर्यालले बताउनु भयो ।

कार्यक्रममा साहित्यकार सरुभक्त, युएनडिपी नेपालका शीला शर्मा र प्रकृति जिसी,डाक्टर भावना पाख्रेल,शिव संकल्प,बिशाखा लक्ष्मी खड्का लगायतले बोल्नु भएको थियो ।
कक्षा ८ देखि १२ सम्मका बिद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा पहिलो हुने हिमाल आचार्य ले आगामी मार्च ८ मा हुने देश व्यापी कविता प्रतियोगितामा सहभागि हुनुहुने अर्यालले जानकारी दिनुभयो । देशका सात वटै प्रदेशमा प्रदेश स्तरीय कविता प्रतियोगिता भईरहेको छ । त्यस्तै नेपाल प्रथम हुने बिद्यार्थी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने बताईएको छ । अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल सहित भारत, श्रीलङ्का र थाईल्याण्ड गरी चार देश बीचमा हुने युएनडिपीले जनाएको छ ।



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


