पालिकाका क्रियाकलाप पारदर्शी भएको भन्दै फेदीखोलाले भन्यो,‘खरिदका सबैकाम ऐन अनुशार छ’ ।
स्याङ्जा :
स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्ना सबै क्रियाबलाप पारदर्शी रहेको बताएको छ । पालिकाले गर्ने क्रियाकलाप ऐननियमको परिधिमा रही तथा नागरिकको सहज पहुँच हुने गरी सञ्चालन भईरहेको जनाएको हो ।
पालिकाले प्रेस बिज्ञप्ती निकालेर पालिकाका बारेमा प्रकाशित भएका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । पालिकाले जनआस्थामा प्रकाशित ‘फेदीखोलाका अध्यक्षले भालूपहाड पनि छाडेनन’ शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ , ‘गाउँपालिकाको महत्वकांक्षी योजनाको रुपमा रहेको भालुपहाड पर्यटकीय पुर्वाधारको काम क्रमागत रुपमा संचालन भइरहेको र अध्ययन प्रतिवेदन तयारी लगायत गाउँपालिकाबाट भएका सबै खरिदका कार्यहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ अनुरुप भएका छन् । ’
कुनै पनि संस्थाको समाचार लेख्नुपुर्व उठेका विषयवस्तुबारे विश्वसनियताको लागि सम्बन्धित संस्थाको आधिकारिक जवाफ लिनुपर्ने पत्रकारिताको आधारभुत मान्यतालाई समेत पालना नगरी समाचार प्रकाशित हुनु त्रुटिपूर्ण रहेको पालिकाको ठहर रहेको छ ।
‘स्थानीय सरकार हुनुको नाताले फेदीखोला गाउँपालिका हिजो, आज र भोली सदैव नागरिकप्रति जवाफदेही थियो, छ र हुनेछ’ बिज्ञप्तीमा भनिएको छ ।
पालिकाका अध्यक्ष घनश्याम सुवेदीद्धारा हस्ताक्षरित बिज्ञप्नीमा भनिएको छ, ‘गाउँपालिका स्थापना भएदेखि हालसम्म फोहोर व्यवस्थापनका लागि यस कार्यालयको नाममा कुनै सवारी साधन खरिद नभएको, समाचारमा उल्लेख भएबमोजिम सर्केटारी–गलेम बाटोको लागि मुख्यमन्त्री कार्यालय पोखराबाट गाउँपालिकाले खर्च गर्ने गरि कुनै अख्तियारी प्राप्त नभएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
यस्तै बिज्ञप्तीमा, ‘एक स्थानीय तह एक आधारभुत अस्पतालको शिर्षकमा रहेको बजेटलाई निश्चित समुह, क्षेत्र तथा वर्गलाई लाभ पु¥याउने नियतबमोजिम फिँजाइएको भ्रम आँफैमा विकास विरोधी गतिविधी हुन् । गत आर्थिक बर्षमा जग्गा प्राप्ती हुन नसक्दा खर्च हुन नसकेको रकम संघ सरकारलाई नै फिर्ता भई चालु आर्थिक बर्षमा पुन १ करोड रकम विनियोजनपश्चात निर्माण व्यवसायीसँग सम्झौता भई काम प्रारम्भ रहेको प्रष्ट पार्न चाहन्छौं । ’
‘शिक्षक दरबन्दी मिलान सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले भौगोलिक अवस्थितीको ख्याल नगरी विद्यार्थी संख्यालाई मात्रै आधार मानी शिक्षक संख्या किटान गरि दरबन्दी मिलान गर्न पत्राचार गरेकोमा सो अनुसार हुँदा गाउँपालिकाको कतिपय विद्यालयहरु एवम् कतिपय कक्षाहरु बन्द हुने अवस्था छ । विद्यार्थीको नैर्सगिक हकलाई नै बन्देज हुने गरि दरबन्दी मिलानको नाममा विद्यालयहरु नै बन्द गर्ने अवस्था गाउँपालिकालाई स्वीकारयोग्य छैन र यस विषयमा कुनै पक्षसँग सम्झौता नहुने प्रष्ट पार्न चाहन्छौ ।’ भनिएको छ ।
गाउँपालिकाले सत्य तथ्य जानकारीको लागि गाउँपालिकामा सम्पर्क सबैलाई अनुरोध समेत गरेको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …