स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न हुँदैन: शशांक कोइराला
काठमाण्डौ:
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ ।
बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राख्नुभएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिदैँ उहाँले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘मैले भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ । हामी कुनै अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले स्पष्टताका साथ राखें ।’
नेता कोइरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उहाँले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


