एमाले विवाद: खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न महेश बस्नेतको माग ।

काठमाण्डौ:

एमाले नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले अधिकारी संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको बताएका छन् ।

बस्नेतले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् :
क.खगराज अधिकारी
१. पार्टीका जनवर्गीय संगठनहरू राजनीतिक रूपमा नेकपा ९एमाले० लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढंगले अगाडि बढ्ने गर्दछन् ।
२.  पार्टीको सचिवालयको बैंठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो र?
३.  युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?
४० संगठनको इन्चार्ज , अध्यक्षसमेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?
५.  एमालेविरुद्ध चौतर्फी आक्रमण भैरहेको वेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो र?
६.  छोटो समयको अनुभवबाट भन्न सकिन्छ, तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन।
७.  तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।

Facebook Comments Box
TOP