निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष/गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्यालको उमेद्वारी ।
पोखरा :
नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका कृष्ण प्रसाद अर्यालले उमेद्वारी दिनु भएको छ । युनियनको केन्द्रीय सदस्य समेत रहनु भएको अर्यालले उमेद्वारी घोषणासँगै जिल्ला दौडाहा र भेटघाटलाई तिव्र पार्नु भएको छ ।
तीन कार्यकाल युनियनको स्याङ्जा जिल्ला अध्यक्षको भुमिका निर्वाह गरिसक्नु भएका अर्याल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष केन्द्रीय उपमहासचिव समेत भईसक्नु भएको छ ।
जिल्ला नेतृत्वमा रहदा अर्यालले कर्मचारीको हकहित तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्नु भएको कर्मचारीहरु बताउछन् ।
अर्याल पछिल्लो समय सरकारी सेवा अन्तर्गत गण्डकी प्रदेशमा पदस्थापना भइ पोखरा केन्द्रित कार्यालयमा कार्यरत रहनु भएको छ ।
अर्यालले आफ्नो उमेद्वारी घोषणा गर्दै भन्नुभयो, ‘प्रदेशमा देखिएका कर्मचारीहरुसँग संवन्धीत समस्याहरु समायोजन, वृद्धि विकास अबरोधहरु हटाउने , केन्द्रले लिएका नीति तथा कार्यक्रम पालना गर्न सहयोग गर्ने, जनमुखी मुस्कान सहितको सेवा राष्ट्र सेवा निष्पक्षता तटस्थता र कर्मचारी एकता, सबै तहमा रहने कर्मचारी समान अनुभूति, निजामती सेवामा स्थानीय, प्रदेश र सघ एक सुत्रमा बाँध्ने उद्देश्य मेरो रहेको छ ।’
स्याङ्जा जिल्लामा रहदा स्वास्थ्यमा धुम्रपान रहित जिल्ला बनाउन देखि खुल्ला दिसा मुक्त जिल्ला बनाउने कार्य, समुदाय स्तरमा जनचेतना तथा लोककल्याणकारी कार्य हरुमा मा उल्लेखनीय भुमिका निर्वाह गरिसकेका अर्यालले आफू निर्वाचित हुनेमा बिश्वस्त रहेको बताउनु भयो ।
८ आंै केन्द्रीय महाधिवेशन फाल्गुण २१ गते देखि २३ गते सम्म काठमाण्डौंमा हुँदैछ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


