कमल थापाले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय एकता पार्टी नेपाल’ गठन गर्ने ।

काठमाण्डौ:
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ पार्टी गठन गर्ने भएका छन् । थापाले १ फागुनमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिने तय गरेका छन् ।
‘नयाँ पार्टी गठनका लागि फागुन १ गते निर्वाचन आयोगमा आवेदन दिने करिब करिब तय भएको छ,’ थापाका निकट सहयोगी रहेका राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने । थापा नेतृत्वको पार्टीमा पूर्वकोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ, उद्धव पौडेल, पूर्वप्रवक्ता सुशील श्रेष्ठसहितका नेता रहनेछन् ।
थापाले हिन्दुराष्ट्रको एजेन्डा बोकेर नयाँ पार्टी गठन गर्न राप्रपा परित्याग गरिसकेका छन् । स्थानीय चुनाव घोषणा भइसकेकोमा फास्टट्रयाकबाट पार्टी दर्ताका लागि थापा समूहले आग्रह गर्ने तयारी गरेको छ ।
थापाले यसबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि कुराकानी गरिसकेको निकटस्थहरूले जानकारी दिएका छन् ।
मंसिरमा सम्पन्न राप्रपा महाधिवेशनमा आफूलाई हराउन पार्टीभित्र हस्तक्षेप गरेको भन्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्दै आएका छन् । उनले महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेप छानबिनका लागि दुईपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी पठाए पनि लिङ्देनले पार्टीमा निर्मलनिवासको नकारात्मक छवि निर्माण हुने गरी छलफल नहुने अडान राख्दै आएका छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…