स्कुल अफ डेमोक्रेसी स्याङ्जाद्धारा आर्थिक अवस्था कमजोर भएका परिवारलाई जस्तापाता
वालिङ, २१ माघ :
स्कूल अफ डेमोक्रेसी स्याङ्जाले आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई जस्ता पाता उपलब्ध गराएको छ । गल्याङ नगरपालिका ६ सिरुबानी बेतेनीका नैना कुँवरलाई दुई हेण्डल रंगिन जस्तापाता हस्तान्तरण गरिएको स्कुल अफ डेमोक्रेसी स्याङ्जाका उपसभापति एवं काँग्रेस वालिङ नगरसचिव सागर कुँवरले जानकारी दिनुभयो । वडालाई जानकारी गराईएपनि वडाले कुनै सम्बोधन नगरेपछि डेमोक्रेसीका दिप गुरुङको पहलमा विहिबार घरमै पुगेर जस्ता हस्तान्तरण गरेको हो । मिस्त्रि काम गर्दै दैनिक गुजारा गर्दै आउनुभएका कुवँर परिवारको घरमा वर्षातका बेला चुहिने समस्याले परिवार समस्यामा परेका थिए ।
स्कुल अफ डेमोक्रेसीका टिम विशाल बगाले, साजन पंगेनी, रामु सुवेदी, बद्री पंगेनीलगायतका समूहले विहिबार कुँवरको घरमै पुगेर जस्ता हस्तान्तरण गरेको हो । डेमोक्रेसीले कोभिडका बेला समेत एम्भुलेन्सद्धारा २०० विरामीलाई सेवा दिएको थियो भने आगामी दिनमा समेत सामाजिक सेवा भावका साथ अगाडि बढ्ने जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


