स्कुल अफ डेमोक्रेसी स्याङ्जाद्धारा आर्थिक अवस्था कमजोर भएका परिवारलाई जस्तापाता
वालिङ, २१ माघ :
स्कूल अफ डेमोक्रेसी स्याङ्जाले आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई जस्ता पाता उपलब्ध गराएको छ । गल्याङ नगरपालिका ६ सिरुबानी बेतेनीका नैना कुँवरलाई दुई हेण्डल रंगिन जस्तापाता हस्तान्तरण गरिएको स्कुल अफ डेमोक्रेसी स्याङ्जाका उपसभापति एवं काँग्रेस वालिङ नगरसचिव सागर कुँवरले जानकारी दिनुभयो । वडालाई जानकारी गराईएपनि वडाले कुनै सम्बोधन नगरेपछि डेमोक्रेसीका दिप गुरुङको पहलमा विहिबार घरमै पुगेर जस्ता हस्तान्तरण गरेको हो । मिस्त्रि काम गर्दै दैनिक गुजारा गर्दै आउनुभएका कुवँर परिवारको घरमा वर्षातका बेला चुहिने समस्याले परिवार समस्यामा परेका थिए ।
स्कुल अफ डेमोक्रेसीका टिम विशाल बगाले, साजन पंगेनी, रामु सुवेदी, बद्री पंगेनीलगायतका समूहले विहिबार कुँवरको घरमै पुगेर जस्ता हस्तान्तरण गरेको हो । डेमोक्रेसीले कोभिडका बेला समेत एम्भुलेन्सद्धारा २०० विरामीलाई सेवा दिएको थियो भने आगामी दिनमा समेत सामाजिक सेवा भावका साथ अगाडि बढ्ने जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


