भीरकोटमा साप्ताहिक हाटबजार पुनः संचालनमा ।
स्याङ्जा,फाल्गुण १६ गते ।
भीरकोटमा साप्ताहिक हाटबजार पुनः सन्चालनमा आएको छ । कोरोना माहामारीका कारण अवरुद्ध हुन पुगेको हाटबजार पुनः सञ्चालनमा ल्याईएको हो ।
भीरकोट नगरप्रमुख छायाराम खनालले आफैले उत्पादन गरेको २२ किलो मुला बिक्री गरेर हाट बजारको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा भीरकोटका स्थानीय कृषकहरूले उत्पादन गरेका सिमित कृषिजन्य उत्पादनहरू बिक्रीमा राखिएको थियो ।
नगरप्रमुख खनालले एकीकृत कृषि बजारको अवधारणालाई मूर्त रुप दिने उद्देश्यले कृषि उपज बजार उपयुक्त स्थानमा पुनः संचालनमा ल्याइएको बताउनु भयो । उहाँले कृषकको सशक्तीकरणका लागि नगरले कृषक क्रेडिट कार्ड लागु गर्ने योजना बनाइरहेको बताउँदै आवश्यकताको आधारमा कृषि उपजको ढुवानीको व्यवस्था समेत मिलाइने जानकारी दिनुभयो । कृषिलाई आधुनिकीकरण र यान्त्रिकिकरण गर्न नगरले ५० प्रतिशत अनुदानमा १०० वटा हाते ट्रयाक्टर वितरण गरेको सजानकारी दिनुभयो । नगरपालिकाले दुई वटा सटर कोसेली घरको रुपमा निशुल्क दिने भएकाले व्यवसाय गर्न चाहने कृषक, सहकारी वा समुहलाई सम्पर्कमा आउन आग्रह समेत गर्नुभयो ।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले किसानको श्रम र उत्पादनको उचित मूल्य दिन नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा साप्ताहिक हाटबजार पुनः संचालनमा ल्याइएको बताउनुभयो ।
कृषकहरूलाई सक्दो मेहनत गर्न बजारको चिन्ता नगर्न आग्रह गर्दै कोइरालाले नगरको सहकार्यमा कृषि उपजको मूल्य निर्धारण गरिने र हरेक शनिवार बिहान ७–१० बजेसम्म हाटबजारमा कृषि उपज खरिद गरिने जानकारी दिनुभयो । हाटबजार पुनः संचालनमा आएपछि भीरकोटका कृषकहरू निकै उत्साहित भएका छ्न् । भीरकोटमा यस अघि पनि हाटबजार सन्चालन भएको थियो । कोभिड–१९ को महामारी पछि यो पुनः सन्चालनमा आएको हो ।
भीरकोट नगरपालिकाले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकहरूको माग र आवश्यकता अनुसार विविध कार्यक्रमहरू संचालन गर्दै आएको जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


