नेकपा(एकीकृत समाजवादी) एमसिसीको विपक्षमा उभिने ।
काठमाण्डौ:
सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।
सोमबार बिजुलीबजार प्रुडेन्सियल कलेजमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसिसीको विपक्षमा मतदान गर्ने बताए।
‘यसमा स्वविवेक प्रयोग गर्ने भन्ने हुन्न। सबै सांसद र मन्त्रीहरूले विपक्षमा मतदान गर्नुहुन्छ,’ खतिवडाले भने,‘अरू पार्टीलाई पनि हामी विपक्षमा मतदान गर्न आग्रह गर्छौं।’ सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गरेपछि सरकार के गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले भने’ ‘हामीलाई सरकारभन्दा राष्ट्रियता ठूलो छ।’
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


