आफ्नै सांसद बोल्दा सभामुखसँग एमालेको आपत्ति ।
काठमाण्डौ:
प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद् बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन्।
सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभई दलीय अनुमति बेगर बोल्न दिएकोमा आपत्ति प्रकट गरेको भट्टराईले बताए। रावलले धारणा राखिरहँदा एमाले सांसद भने रोस्ट्रममा नाराबाजी गरिरहेका थिए। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


