वालिङ : चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु

वालिङ: घर भाडामा बस्ने एक व्यक्तिको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीया उनकी दिदी घाइते भएका छन्।
पर्वत घर भइ हालः वालिङ नगरपालिका १० स्थित भकुण्डेमा बस्ने जितेन्द्र गुरुङले बुधाबर दिदी भाइमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ३३ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए। उनका अनुसार किन चक्कु प्रहार गरे भन्नेबारे कारण खुलेको छैन।
‘दिउँसो साढे एक बजे रनमायाको १६ महिने छोरा साइमन गुरुङको घाँटीमा चक्कु प्रहार गरेको र त्यसपछि उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो,’ अधिकारीले भने।
घाइते मृतककी दिदी ५ वर्षे साइना गरुङको घाँटी (अगाडि), बायाँ हातको बुढी औँलामा चोट भएकाले सोही प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…