पुस २७ गते वालिङमा सार्वजनिक बिदा

वालिङ, पुस २५ गते :
वालिङ् नगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आईतवार एक सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जानकारी गराएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति सम्मान गर्दै राष्ट्रिय एकता दिवसको सम्मानका लागि नगरभित्र सार्वजनिक बिदा दिईएको नगरप्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।
नगरपालिकाले निकालेको सूचनामा भनिएको छ, ’यहि पौष २७ गतेका दिन राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा यस वालिङ नगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि विश्व हिन्दु युवा संघ स्याङ्जालपुस २७ मा सार्वजनिक बिदा दिन नगरपालिका समक्ष माग गरेको थियो ।
संघका जिल्ला अध्यक्ष नवराज पौडेल नेतृत्वको टोलीले नगर प्रमुख खाँणलाई भेटेर एकता दिवस मनाउनको लागि नगरमा सार्वजनिक बिदा दिन अनुरोध गरेको थियो ।
संघले इलाका प्रशासन कार्यालय वालिङ्मार्फत संघ, प्रदेश र स्याङ्जाका ११ वटै पालिकालाई पुस २७ गते सार्वजनिक बिदाको माग गरेको थियो ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…