एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित,एक उपसचिव बाहेक सबै पदमा गैह्रे प्यानलको बर्चस्व ।

स्याङ्जा :
नेकपा एमाले स्याङ्जाको आठौँ अधिवेसनबाट सुर्यप्रसाद गैह्रे अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज अपरान्ह सम्पन्न भएकोे मतगणना अनुसार ४ सय ४० मतसहित गैह्रे निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नारायण प्रसाद मरासिनीले २ सय ५७ मत प्राप्त गर्नुभयो ।
यस अघि उपाध्यक्षमा कृष्ण बहादुर खँंण निर्विरोध निर्वाचित भईसक्नु भएको छ । त्यस्तै सचिवमा राजेन्द्र डुम्रे निर्वाचित हुनुभएको छ । डुम्रेले ३ सय ९४ मत सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भुपराज अधिकारीले २ सय ८० मत प्राप्त गर्नुभयो ।
उपसचिवमा विश्व पौडेल ३ सय ९५ मत र तारा शर्मा ३ सय ७३ मतसहित विजयी हुनुभएको छ । उपसचिवका उम्मेद्धारहरु जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ मत प्राप्त ल्याउनु भएको छ ।
कुल ७ सय ९ मत मध्ये सोमबार सम्पन्न मतदानमा ६ सय ९८ जनाले मतदान गरेका थिए । सोमबार नै मतदान सकिएपनि मंगलबार मात्रै मतगणना गरिएको थियो ।
पुस २३ गते अधिवेसनको उद्दघाटन गरिएपनि लामो समयको सहमति प्रयास गरिएपनि अन्तत सोमबार दुई प्यानल चुनवी प्रतिष्पर्धामा होमिएका हुन् ।
पदाधिकारीमा मरासिनी प्यानलका उपसचिव पौडेल बाहेक अन्य उपाध्यक्ष, सचिव र अर्का उपसचिव गैह्रे प्यानलका हुन् ।
गैह्रेलाई एमाले सचिव तथा गण्डकी प्रदेश ईन्जार्च पद्मा कुमारी अर्यालको समर्थन रहेको थियो ।
१ सय ५ सदस्यीय जिल्ला कमिटिमा अन्य सदस्यहरुको मतगणना भने जारी रहको छ ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…