कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत।
काडमाण्डौ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका हुन्।
मनोनीत हुनेहरूमा नेता पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मा रहेका छन्। कांग्रेसको विधानअनुसार पार्टी सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


