बिद्यालय बन्द गर्न स्याङजा प्रशासनको आदेश, खोप कार्ड अनिवार्य (आदेश सहित)
स्याङ्जा :
जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । बिद्यालय तथा शैक्षिक संस्था तथा भिडभाड हुने सबै क्षेत्रमा कडाई गरेको हो ।
झण्डै १५ दिन बन्द भएर सञ्चालनमा आएका बिद्यालयहरुलाई फेरी बन्द गर्न प्रशासनले आदेश दिए पछि बिद्यालयहरुमा भने अन्यौलता छाएको छ । प्रशासनले माघ मसान्त सम्म यस्ता क्रियाकलाप बन्द गर्न भनेको हो ।
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।
प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आदेश गरेको छ । आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न, कोरोनाको परीक्षणको दायरा बढाउन र नियमित खोप अभियानलाई जारी राख्न पनि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आदेश दिनुभएको हो ।
सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्र सेवा दिने पनि जनाएको छ ।
गोष्ठी, सेमिनार, समिक्षा बैठक गर्दा भर्चुअलको माध्यमबाट गर्न, भौतिक रूपमा उपस्थिति भएर गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड गर्ने गराउने र २५ जना मात्रै भएर गर्न प्रशासनले आदेश दिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, ढोका र भित्र सबै ठाउँमा मास्क सेनिटाइजर अनिवार्य राख्न प्रशासनको आदेशमा उल्लेख गरेको छ ।
स्याङजा प्रशासनको आदेश :



समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


