राप्रपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने ।
काठमाण्डौ:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो ।
प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेल उम्मेदवार रहेकाले उनीहरुको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई बैठकले निर्देशन दिएको छ ।
तर, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । राष्ट्रियसभा निर्वाचन बुधबार हुँदैछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


